ओलीसहितका नेता बिजुक्छे निवासमा
शुक्रबार, १७ असार २०७९, १० : ३३
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्यान्सर रोगबाट पीडित बिजुक्छे पत्नी शोभाको गत साता उपचारका क्रममा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण