आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’
शुक्रबारदेखि भोजपुरी फिल्म ‘रण’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरका हल सबै भने पाएको छैन । किनभने केही फिल्म हल यस अगाडि प्रदर्शनमा आएका नेपाली फिल्म ‘चिसो मान्छे’ र ‘कबड्डी ४’ लगायतले अझै ओगटेका छन् ।
‘रण’ मार्फत नेपालका हलमा पहिलो पटक भोजपुरी फिल्मले ठूलो प्रदर्शनको अवसर पाएको हो । काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा रिलिजमा आएको यो फिल्म भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । फिल्म आजैबाट नेपालसँगै भारतको मुम्बई तथा गुजरातमा पनि प्रदर्शनमा आएको निर्माण युनिटले जनाएको छ ।
निर्देशकको अलवा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध रहेको फिल्ममा नेपाली अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र लगायतको अभिनय छ । निर्देशक पन्तकै लेखन रहेको फिल्मका निर्माता अरुणकुमार मिश्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण