जुम्लामा चट्याङबाट ८० भेडा मरे
शनिबार, १८ असार २०७९, २१ : ००
जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।
पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।
सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण