रंगकर्मी माया थापा र प्रेमदेव गिरी सम्मानित
रंगकर्मी माया थापा र वरिष्ठ कलाकार प्रेमदेव गिरी सम्मानित भएका छन् । सारा संसार मिडिया प्रालि ललितपुरले आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच सम्मान सम्मान गरेको हो । केबी इन्टरटेन्टमेन्ट एण्ड गु्रव प्रालिले आयोजना गरेको चलचित्र कार्यशालाको समापन कार्यक्रममा दुबै जनालाई लामो समयसम्म कलाकारितामा रहेर अतुलनीय योगदान पुर्याए वापत सम्मान गरेको हो । दुवैजनालाई पाँच हजार एक सय नगद सहित सम्मान–पत्र दिइएको छ ।
थापा र गिरी दुवैजना सुर्खेत निवासी हुन् । प्रेमदेव गिरीको नेपाली लोककला र संगीतका क्षेत्रमा ठुलो योगदान छ । उनी मादल वादनका पर्यायवाचीमा रुपमा पनि धेरैले चिन्ने गरेका छन् । गिरी मादल वादन, लोकगीत संकलन र नाट्यकर्मीको भूमिकामा राष्ट्रकै गहनाको रुपमा परिचित छन् ।
रंगकर्मी थापा विगत २० वर्षदेखि नाटक अभिनयसँग पत्रकारितामा समेत सक्रिय छन् । यस्तै थापाको पनि सानै उमेरदेखि सुर्खेतको नाट्य क्षेत्रमा अतुलनीय योगदान छ । रंगकर्मीका रुपमा उनले समाजमा व्याप्त भएका कुसंस्कारका विरुद्धमा आवाज उठाउँदै आएकी छन् ।
यस्तै ६ दिने कर्णाली चलचित्र कार्यशाला २०६९ सम्पन्न भएको छ । कर्णालीमै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने र कर्णालीको वास्तविक चित्रलाई चलचित्रका माध्यमबाट विश्वसामु पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यशालामा ३० जनाले तालिम लिएका छन् । उनीहरुले फिल्म लेखन, क्यामेरा, निर्देशन, इडिटिङ र अभिनय विधामा तालिम लिएका छन् । उनीहरुलाई वरिष्ठ कलाकार निर शाह, विष्णु कल्पित, भोलाराज सापकोटा, प्रितम पाण्डे र डब्बु क्षेत्रीले प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण