व्याप्त छ सडक खन्ने असारे मेलो

सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका विभिन्न स्थानमा विभिन्न बहानामा सडक खन्ने काम भइरहेको छ ।
रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले काठमाडौँको किलागल, ठमेल र नयाँ बजार पुग्दा सरकारी निकायको निर्णय र सूचनालाई बेवास्ता गर्दै सडक खनिरहेको त कतै डाइभर्सन बनाएर राखिएको तस्बिर कैद गरेका छन् ।
'वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन,' सूचनामा भनिएको थियो तर पालना भने भएको छैन । सूचनामै विभागले कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने भनेको भए पनि यसको पालना र अनुगमन भने हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?
-
गण्डकीमा बजेट घट्ने
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड