व्याप्त छ सडक खन्ने असारे मेलो
सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका विभिन्न स्थानमा विभिन्न बहानामा सडक खन्ने काम भइरहेको छ ।

रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले काठमाडौँको किलागल, ठमेल र नयाँ बजार पुग्दा सरकारी निकायको निर्णय र सूचनालाई बेवास्ता गर्दै सडक खनिरहेको त कतै डाइभर्सन बनाएर राखिएको तस्बिर कैद गरेका छन् ।
'वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन,' सूचनामा भनिएको थियो तर पालना भने भएको छैन । सूचनामै विभागले कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने भनेको भए पनि यसको पालना र अनुगमन भने हुन सकेको छैन ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण