शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकाको संकट अझै एक वर्ष रहन्छ : प्रधानमन्त्री विक्रमासिंघे

बुधबार, २२ असार २०७९, ०७ : ४३
बुधबार, २२ असार २०७९

श्रीलंका टाट पल्टिएको र यहाँको  आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । 

सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् ।

कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने,  ‘सत्य यही हो ।’

श्रीलंका टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन् । अहिले देशमा पेट्रोलको चरम संकट छ । इन्धन सकिएपछि विद्यालय बन्द छन भने निजी कार्यलयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप