मलेसियामा एकै दिनमा दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि
बुधबार, २९ असार २०७९, १२ : ५४

मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना शुरु भएयता हालसम्म कोभिड संक्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, दुई हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । मंगलबार कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन
-
तेस्रो एमबीएएन स्पोर्ट्स मिट : फुटसल, ब्याडमिण्टन र टेबलटेनिसमा प्रतिस्पर्धा हुने
-
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा आधा घण्टासम्मका लागि स्थगित
-
‘गोबर गणेश’ बनाउँदै बल्छी धुर्बे
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
-
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी