सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय (सूचीसहित)

बुधबार, २९ असार २०७९, २१ : २४
बुधबार, २९ असार २०७९

सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिए ।

 बैठकले २०४३ सालदेखि प्रमाणपत्र नम्बर (१५८२) देखि २०५१ साल प्रमाणपत्र नम्बर (५२०७)सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा वर्तमान कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), कानून, न्याय तथा संसदीय मामिलाका सभापति कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, महिलाको सम्पतिको हक स्थापित गर्नलगायत न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी मीरा ढुङ्गानालगायत छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप