शान्तिपूर्ण शक्ति हस्तान्तरण गर्न श्रीलंकालाई अमेरिकाको आग्रह
श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने भन्दै संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी छन् ।
‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानूनको शासन कायम गर्न आह्वान गर्दछौं’ उनले एक ट्वीट सन्देशमा भनेकी छिन् । उनले श्रीलंकाको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण सत्ता हस्तान्तरणको आवश्यकता औँल्याएकी छिन् ।
जुली चुङले श्रीलंकामा आर्थिक र राजनीतिक स्थायित्व कायम गर्न दलहरूलाई मिलेर काम गर्न आग्रह पनि गरेकी छन् । ‘हामी सबै पक्षहरुलाई राष्ट्रको उन्नतीको लागि प्रतिबद्धताका साथ यस मोडमा पुग्न र दीर्घकालीन आर्थिक र राजनीतिक स्थिरता ल्याउने समाधानहरू कार्यान्वयन गर्न छिटो काम गर्न आग्रह गर्दछौं’ उनले ट्वीटमा भनेकी छिन् ।
आर्थिक पतनका कारण सुरु भएको विद्रोह पछि बुधबार माल्दिभ्स भागेका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर यात्राको प्रतिक्षामा छन् । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति छन् । उनले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण