धान फल्ने ज्युलो मकैबारीमा परिणत
जुम्ला जिल्लाको साविकको डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको छ। धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन् ।
कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले किसान मकैमा आकर्षित भएका हुन्। विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो जुम्लाको पातारासी गाउँपालिका मै पर्छ। तिर्खु ज्युलोमा धान रोप्दा छुमचौर ज्युलो पनि शोभनीय देखिन्थ्यो। अहिले यहाँ मार्सी धान लोप भइसकेको छ।
यहाँका बासिन्दा चामल बजारको उपयोग गर्छन्, धान लगाउने खेतमा मकै रोप्छन्। धान रोप्दा लगानी अनुसार उत्पादन नभएपछि मकै बालीमा लागेको किसान बताउँछन्। यस क्षेत्रको दुई सय घरधुरीले रोप्ने तिखु ज्युलो अहिले मकैबारीमा परिणत भएको छ । धान खेतलाई चाहिने सिचाँइ कुलो पुरिएका छन्। किसान सिचाँइ कुलो बनाउने पक्षमा छैनन्।
धान फल्ने ज्युलोमा मकै लगाउनु किसानको रहर नभएर बाध्यता भएको स्थानीय गोरबहादुर बुढा बताउँछन्। मार्सी धानमा विभिन्न रोगको संक्रमण देखिएपछि किसान धानखेतीमा दिक्क भएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण