बाँकेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते
सोमबार, ०२ साउन २०७९, ११ : १२
बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन् ।
अन्दाजी २३ वर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागि नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण