शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते

सोमबार, ०२ साउन २०७९, ११ : १२
सोमबार, ०२ साउन २०७९

बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन् । 

अन्दाजी २३ वर्षीय नविन बुढामगरले चलाएको भे ७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी राती ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागि नर्सिङहोम नेपालगन्ज पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप