बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेत गंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

सोमबार, ०२ साउन २०७९, ११ : ४८
सोमबार, ०२ साउन २०७९

श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले  प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
 
बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप