माओवादी जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यपालिका बैठक बहिष्कार
विधि–विधानअनुसार बर्दिबास नगर कार्यपालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको भनाइ छ ।
'बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौ तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौँ ' वडाध्यक्ष शम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्याएर पारित गर्नुपर्ने कार्यविधि भए पनि नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जबर्जस्ती गर्न खोजेको जनप्रतिनिधिहरूको आरोप छ ।
प्रमुख प्रशासकीय अधिकृतले पहिल्यै माइन्युट तयार गरेर हस्ताक्षर गराउने र निर्णयहरू सर्वसम्मत भएको भन्दै सार्वजनिक गर्ने परिपाटीले जनतामा नराम्रो छाप परिरहेको बताउँदै बैठकलाई व्यवस्थित नबनाए बहिष्कार जारी रहने उनीहरूको भनाइ छ । नेपाली काँग्रेसबाट बागी उम्मेदवार दिएर निर्वाचित भएका नगरप्रमुख प्रह्लाद क्षेत्रीकै अहिले कार्यपालिकामा बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण