सुदूरपश्चिम प्रदेशको कुल बजेट खर्च ६६.६१ प्रतिशत
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ६६.६१ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारले ३१ अर्ब ४७ करोड ५६ लाख ९० हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँमात्र खर्च गरेको हो ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको जनाएको हो । मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले चालुतर्फ ९ अर्ब १ करोड ६४ लाख ४० हजार रुपैयाँ (७१.७१ प्रतिशत) खर्च भएको जनाए । उनका अनुसार पुँजीगततर्फ ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार रुपैयाँ (६४.२३ प्रतिशत) खर्च भएको छ ।
खर्च भएकोमध्ये ६० करोडभन्दा बढी रकम असार २५ गते नै सिस्टम बन्द भएकाले भुक्तानी गर्न नसकिएको पनि उनले जनाए । बचत भएकोमध्ये १ अर्ब ३९ करोड ७७ लाख ४३ हजार रुपैयाँ संघीय सञ्चित कोषमा फिर्ता हुने र ७ अर्ब ८ करोड ७९ लाख ५० रुपैयाँ प्रदेश सञ्चित कोषमा रहने उनले बताए ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा अनुमान गरेको बजेटभन्दा कम रकम प्राप्त गरेको प्रदेश सचिव बस्नेतले बताए । उनले अनुमान गरेकोमध्ये २९ अर्ब ४५ करोड १८ लाख ५ हजार रुपैयाँ प्राप्त भएको र २ अर्ब २ करोड ३८ लाख ५ हजार रुपैयाँ प्राप्त हुन नसकेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले यो वर्ष संघीय सरकारबाट दुई हजार २२२ वटा योजना सुदूरपश्चिम प्रदेशअन्तर्गत पारिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण