सुर्खेत बड्डीचौर–बेनीघाट सडक ३ दशकपछि कालोपत्रे हुँदै
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–बाबियाचौर–बेनीघाट सडकको १३ किलोमिटर खण्डमा कालोपत्रेको काम सुरु भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहीबार कालोपत्रे योजना शिलान्यास गरेका हुन् ।
पहिलो चरणमा बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रे हुने छ । झण्डै तीन दशक अघि निर्माण सुरु भएको यो सडक वर्षौँदेखि स्तरोन्नति हुन नसकेर जीर्ण अवस्थामा थियो ।
मन्त्री बिसीले पहिलो खण्ड बड्डीचौरबाट डोजर चलाएर कालोपत्रेको काम सुचारु गरेका हुन् । दुई वर्षअघि संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारे पनि निर्माण कार्य अघि बढेको थिएन ।
संघ सरकारले स्तरोन्नतिका लागि ध्यान नदिएपछि अपनत्व लिएर प्रदेश सरकारले कालोपत्रेको काम अघि बढाएको हो । मन्त्री बिसीले पहिलो चरणमा बड्डीचौरदेखि खम्बगाडेसम्म सडक कालोपत्रे गरिने बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार लागतमा निर्माण कम्पनीले सम्झौता गरेको छ । कालोपत्रेको जिम्मा अनक जयदेवी जेभी बाँकेले लिएको छ ।
निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेत बीच गत असार १४ गते निर्माण सम्झौता भएको थियो । कालोपत्रेको काम ०८१ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने लक्ष्य लिइएको छ ।
निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तार लगायतका कामहरु गरिनेछ । यो सडकको सुरुवात ०५१ सालमा मै भएको थियो । निर्माण सुरु भएको लामो समयसम्म पनि स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका नागरिक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकको यात्रा गर्न बाध्य थिए ।
सल्यानको सीमानादेखि सुदूरपश्चिम जोड्ने बेनीघाटसम्म २ सय ३२ किलोमिटर सडक छ । वर्षौँदेखि सडक स्तरोन्नतिका लागि आवाज उठे पनि काम अघि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण