राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु, मौद्रिक नीति पारित गर्ने तयारी
शुक्रबार, ०६ साउन २०७९, १० : ३४
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिन लागिएको हो ।
त्यसअघि बालुवाटारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु भएको छ । सो बैठकले मौद्रिक नीति पारित गरे पछि अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
मौद्रिक नीति सार्वजनिक गर्नु अघि गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए भने त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि सो बारेमा बिफ्रिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण