प्रविधि मैत्री सिकाइका लागि शिक्षकलाई ल्यापटप
तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालय हाकुँले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । डिजिटल माध्यमबाट पढाउन सहज पुर्याउने उद्देश्यसहित ल्यापटप वितरण गरिएको प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बताए ।
शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षण गर्नतिर सजिलो होस् भन्ने हेतुले ल्यापटप वितरण गरिएको न्यौपानेले जानकारी दिए। उनका अनुसार कार्यरत ६ शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मर बहादुर रोकाया,६ नम्बरका वडा अध्यक्ष विशाल खड्का नेपाल पत्रकार महासंघका जुम्लाका वरिष्ठ सदस्य गोल्डेन बुढा, कान्तिपुर कर्मी डीबी बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकको उपस्थितिमा ल्यापटप वितरण गरिएको प्रधानाध्यापक न्यौपानेले जनाए ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रविधिको सहयोगले विद्यार्थीलाई अध्ययन गराउनु राम्रो पक्ष भएको बताए । सामग्रीले मात्रै गुणस्तर पढाइ नहुने भन्दै उनले प्रतिफल देखिने गरि अध्यापन गराउन शिक्षक शिक्षिकालाई आग्रह गरे ।
अब विद्यार्थीले अङ्ग्रेजी ,गणित विज्ञान सामाजिक र कम्युटर विषयहरु प्रोजेक्टर बाट पढ्ने छन् । यसबाट कक्षा ६ देखि १२ सम्म विद्यार्थी विद्यार्थी लाभान्वित हुनेछन् । अहिले नेत्र ज्योति माध्यमिक विद्यालयमा साढे चार सय विद्यार्थीले अध्ययनरत छन् । प्रत्येक कोठामा दुई दुईवटा सीसीटीभी विद्युतिय डिजिटल हाजिरी जडान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण