सुदुरपश्चिम प्रदेशमा अपराधिक घटनामा वृद्धि
सुदूरपश्चिम प्रदेशमा अपराधिक घटनाहरूमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार दुई सय २८ अपराधिक घटना भएका छन ।
भवितव्य ज्यान, फुटकर ज्यानमा मात्र चार सय ४४ घटना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्तब्य ज्यान, बिष खुवाएर ,ज्यान मार्ने उद्योग गौवध, आत्महत्या गर्न दुरुत्साहनमा १५८ घटना रहेका छन ।
बिष खाएर, आगो लगाएर, झुन्डिएर, हामफालेर, डुबेर पाँच सय ७७ घटना घटेको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक भोला बहादुर रावल ले रातोपाटी लाई बताए । उनले डाँका चोरी, साधारण चोरी, सवारी चोरी, चौपाया चोरीका मात्र १ सय ७७ घटना रहेको बताए ।
जुवा सट्टाबाजी, मुद्रा सम्बन्धी कसुर, ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुर, लागु औषध, चन्दा संकलन, सरकारी छाप दस्तखत किर्ते, अपहरण शरीर बन्धक सम्बन्धी कसुर, हातहतियार खरखजाना ४३५ घटना रहेका छन । बहुविवाह, बालबालिका, जबरजस्ती करणी उद्योग, अप्राकृतिक मैथुन, बाल यौन दुराचार, बोक्सी आरोपका ४३४ घटना रहेको सुचना अधिकारी रावलले जानकारी दिए ।
उनका अनुसार सार्बजनिक शान्ति बिरुद्धको कसुर, सार्बजनिक हित,स्वास्थ्य,सुरक्षा, सुबिधा नैतिकता बिरुद्धको कसुर,अपराधिक प्रबेश तथा अपराधिक उपद्रो सम्बन्धी कसुर, नागरिकता ,भेदभाव तथा अपमान जन्य ब्यबहार सम्बन्धी कसुर, जातिय छुवाछुत तथा भेदभावका ७८९ घटना रहेका छन ।
सवारी ज्यान,सवारी अंगभंग,सवारी बाट भवितव्यका १८१ घटना रहेको छ । माहिला बेचबिखन तथा जबरजस्ती करणी,अपहरण तथा शरीर बन्धक ,संगठित अपराध,बैकिङ कसुर, परिक्षा तथा शिक्षा ऐन, पशुपंक्षी सम्बन्धी कसुर, लिखत सम्बन्धी कसुर अन्य गरी ३३ घटना रहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण