शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : बन्ला त समाजवादी केन्द्र ?

आइतबार, ०८ साउन २०७९, ०८ : ५९
आइतबार, ०८ साउन २०७९

यतिबेला नेपाली राजनीतिमा परम्परागत दुई ध्रुवलाई चुनौती दिने गरी ‘समाजवादी केन्द्र’ निर्माणको प्रयास भइरहेको छ । जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सुरु गरेको यो नयाँ बहसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको एकता अभियान पनि समावेश भएको छ ।

समाजवादी केन्द्र निर्माण गर्नका लागि नेताहरूबीच घनीभूत छलफल भइरहेको छ । डा. भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक तहको समझदारी बनिसकेको र त्यसलाई मूर्तरूप दिने प्रयास भइरहेको नेताहरूको भनाई छ । उता, सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने यो नयाँ बहसप्रति त्यति सकारात्मक छैनन् । आफ्नो पार्टी नै समाजवादी केन्द्र भएको उनको दाबी छ । के साकार होला त तेस्रो ध्रुव बनाउने यो नयाँ प्रयास ? उमेशचन्द्र अधिकारीको साताको कार्टुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप