डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा
आइतबार, ०८ साउन २०७९, १० : ३९
योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् ।
आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।
म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर्मी र सुख्खा मौसमका साथै खडेरीका कारण आगलागी तीव्र गतिमा फैलिरहेको जानकारी दिएका छन् ।
अमेरिकामा यतिबेला तातो हावाको कहर रहेको छ । मारिपोसामा शनिबार तापक्रम ३५.५ डिग्री सेल्सियस पुगेको थियो । यो क्रम केही दिनसम्म जारी रहने बताइएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण