प्रतिनिधिसभा सदस्यमा बर्दिया–२ बाट रेशम चौधरीले उम्मेदवारी दिने
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।
हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन विस्तारको काम पनि गरिरहेको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार उनकै विशेष उपस्थितिमा सोमबार बर्दिया–२ को मधुवन नगरपालिकामा एक घर, एक कार्यकर्ता पार्टी प्रवेश अभियान चलाइँदै छ । २०७४ सालको निर्वाचनमा रेशम निर्वाचित भएको कैलाली–१ मा भने अध्यक्ष श्रेष्ठ उम्मेदवार हुने भएकी छन् । अघिल्लो निर्वाचनमा आफ्नो पति निर्वाचित भएको क्षेत्रमा अहिले आफूले उम्मेदवारी दिने तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।
उनले रातोपाटीसँग भनिन्, ‘रेशम चौधरी उक्त क्षेत्रबाट यस अघि अत्याधिक मतले जित्नु भयो । तर कानुनी जटिलताले जनताको सेवा गर्न पाउनु भएन । यसपटक जनताले उहाँको प्रतिनिधिकै रुपमा मलाई विजयी गराउने छन् भन्ने आशा लिएकी छु ।’
उता वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ज्यान मुद्दामा कारागारमा रहेका रेशम चौधरी सांसदको उम्मेदवार हुन नपाउने जिकिर गर्छन् । उनले भने, ‘यसअघि फरार रहेको बेला रेशमलगायत टीकापुर घटनाको मुद्दामा कुनै फैसला भएको थिएन । अहिले जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएको अवस्था छ । यस्तोमा उम्मेदवारी दिन सक्ने कुनै गुन्जाइस छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण