अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड खुल्यो
मङ्गलबार, १० साउन २०७९, ०९ : ४७

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३:०० बजेदेखि अवरुद्ध भएको थियो ।
जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधन राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।
डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फ सवारीसाधन निर्वाधरुपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता
-
सस्तो रक्सीको भन्सार घटेको पाएपछि सरकारले सच्यायो आर्थिक विधेयक
-
अन्योलपूर्ण अवस्था, नयाँ प्रशिक्षकको आगमनले जुराएको संयोग र साख जोगाउने ‘हुटहुटी’
-
कोलोराडोमा भएको घटनालाई इजरायली विदेशमन्त्रीले भने ‘यहुदी विरोधी’
-
नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया निर्वाचित
-
साउदी अरबमा २ लाख ६९ हजार हज यात्रीलाई मक्का प्रवेशमा रोक