रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा हुनेछः नासा

मस्को कम्तीमा सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अपेक्षा गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् । रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षीहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए ।
नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए । ‘हामीले कुनै पनि परिवर्तन भएको संकेत पाएका छैनौं’, लुएडर्सले रोयटर्सलाई भने, ‘रोसकोसमोससँग नासाको सम्बन्ध सामान्य रूपमा रहन्छ ।
मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला