फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।
विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ ।
यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा यसको लोकप्रियतालाई चुनौती दिएको छ वा कम गरेको छ ।
यसका साथै धेरै कम्पनीले विज्ञापनको खर्चका लागि प्रतियोगितामा छन् । मेटाले ग्लोबल एड मार्केटको २० प्रतिशतलाई प्रभावित गर्छ । उसले आफ्ना लगानीकर्तालाई अबका केही महिनामा विज्ञापन बिक्रि पुनः खस्कन सक्ने चेतावनी दिएको छ ।
मेटाका मुख्य कार्यकारी मार्क जुकरबर्गले कम्पनीले आफ्नो नियुक्तीमा अबका वर्षमा तीब्र रुपमा कम गर्ने बताएका छन् । यससँगै कम्पनीले होराइजन लगायतका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । यी क्षेत्रहरूमा विकास र बृद्धिको सम्भावना अपार रहेको कम्पनीको कथित दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण