हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु : रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै उनलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका गरेका छन् ।
समाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले लेखेका छन्, -'बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ-फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ। म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !'
मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एकदिन राजाको आवस्यकता महसुस गर्ने आँकलन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण