बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : श्रीमान्–श्रीमती विवादले परिवार नै सखाप, कामु प्रधानन्यायाधीशको पत्रप्रति न्यायाधीशहरु असन्तुष्ट

भारतले घटायो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, १६ साउन २०७९, २१ : ०१
सोमबार, १६ साउन २०७९

आज २०७९ साउन १६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा श्रीमान्–श्रीमती विवादले परिवार नै सखाप : दिनेशको सुसाइट नोटमा के छ ? लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपपर्यो ः ओली, विप्लव नेतृत्वको नेकपाको चेतावनी– हातमा दही जमाएर बस्दैनौँ, आयल निगमलाई राहत : भारतले घटायो पेट्रोलियम पदार्थको मूल्य, नेपाली चियाको आयात रोक्न भन्सार शुल्क बढाउँदै भारत, जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ कति सुरक्षित ? जनप्रतिनिधिकै घरमा महिला हिंसा, ८९५ जनामा कोरोना संक्रमण लगायत छन् ।


१. श्रीमान्–श्रीमती विवादले परिवार नै सखाप; दिनेशको सुसाइट नोटमा के छ ?
राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले ४१ वर्षीय दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दिनेशको सुसाइट नोट पनि फेला पारेको छ, जसमा दिनेशले ससुरालीमाथि सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् । 

२. लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपर्यो : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्सामा सामेल गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्र हितलाई तिलाञ्जली दिएर कुनै बेठीक कार्य गर्न नसकिने बताए ।

विप्लव नेतृत्वको नेकपाले सरकारलाई तीन बुँदे सहमति कार्यान्वयन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना मुद्दामा विप्लव र पार्टी प्रवक्ता प्रकाण्डलाई पक्राउ पूर्जी जारी गरेपछि सोमबार विज्ञप्ति जारी गर्दै सो पार्टीले यस्तो चेतावनी दिएको हो ।

४. आयल निगमलाई राहत; भारतले घटायो पेट्रोलियम पदार्थको मूल्य 
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको हो ।

५.नेपाली चियाको आयात रोक्न भन्सार शुल्क बढाउँदै भारत
नेपालबाट आयात हुने अर्बौं रुपैयाँको चिया रोक्ने उपायको खोजीमा भारत सरकार लागेको छ । नेपालबाट आयात भइरहेको चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै भारत सरकारले त्यसलाई नियन्त्रण गर्न कानुन नै बनाएर आयात रोक्ने तयारीमा लागेको हो । यसका लागि भन्सार शुल्क बढाउने तयारीमा भारत सरकार जुटेको नेपाली व्यवसायीले जनाएका छन् ।

६. जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ कति सुरक्षित ?
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभा निर्वाचनमा कहाँबाट उम्मेदवार बन्छन् भन्नेमा चासो बढेको छ । २०६४ साल यताका निर्वाचनमा उनी फरक फरक ठाउँमा चुनाव लड्दै विजयी समेत हुँदै आएका छन् । २०७४ को निर्वाचनमा सप्तरी–२ बाट विजयी भएका उनलाई अहिले भने सो क्षेत्रमा चुनौती बढेको छ ।

रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।

८. ८९५ जनामा कोरोना संक्रमण
देशभर पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

९. कामु प्रधानन्यायाधीश कार्कीले अख्तियारलाई पत्र पठाएपछि न्यायाधीशहरु असन्तुष्ट
सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको विषयमा छानबिनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएपछि सर्वोच्चकै केही न्यायाधीश असन्तुष्ट देखिएका छन् । उनीहरुले यस विषयलाई लिएर कामु प्रधानन्यायाधीशलाई शुक्रबार उनकै कार्यकक्षमा घेरेका थिए । 

१०. र यो पनि,
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । 

निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । 

नक्कली अभिभावक खडा गरेर भारत दार्जिलिङ घर भएकी रजनी राईले प्रशासनबाट नागरिकता लिएपछि स्थानीयहरूले नागरिकता दिन सिफारिस गर्ने कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्  ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप