लैनचौरबाट चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग
६ जना नेपाली पक्राउ
बिहीबार, १९ साउन २०७९, ०९ : ३७
काठमाडौंको लैनचौरबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको छ । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण