कविता : दुःख छ र त आँसु छ
दुःख छ र त आँसु छ
नभए दुःखमा के बगाउने
तिम्रो, मेरो, हामी सबैको दुःखमा
त्यही आँसु छ बरबर झरेर साथ दिने
तर जसले दुःख पर्दा
अप्ठारो पर्दा
माया गरेर सहयोग गर्छ
उसैलाई तिरस्कार गरिन्छ
यो दुनियामा यस्तै छ
मतलबी मानिसहरू
त्यसैले त
बगेर गएपछि
खोजिदैन त्यो आँसुलाई
कसले त्यो आँसुलाई विचारा भन्ने ?
रूने पनि त केवल
झारिरहन्छ त्यो आँसुलाई
न त रूनेले नै कठै भन्छ
न त्यो आँसुलाई
सुँक्क सुँक्क गरेपनि
घ्वाँ घ्वाँ डाँको छोडी रोएपनि
रूनेलाई सुर्ता छ त
केवल उसको दर्दको
उसको व्यथाको
उसलाई सुर्ता छैन
उसलाई माया छैन
उसलाई सधैँ दुःखमा साथ दिने
दुई आँखाबाट
कहिले रसाइ रसाइ
कहिले बररर झर्ने
त्यो आँसुको
विचरा त्यो आँसु
एकैछिन पनि रहन पाउँदैन
पुछिदिइ हाल्छन्
औँलाका टुप्पाहरुले
हत्केलाहरुले
लुगाको फेरोले
गोजीमै पुछ्न तयार राखेका
रङ्गीचङ्गी रूमालहरुले
यो कस्तो सम्बन्ध हो
दुःखीलाई भने
आँसुले सधैँ साथ दिने
तर त्यस्तरी मुटु चरचरी चिरिएर
छाती पिटी पिटी रुँदा पनि
सधैँ उपस्थित भएर
साथ दिने आँसुलाई
रूनेले नै मतलब नगर्ने
हतार हतार पुछ्न खोज्ने
लुकाइ लुकाइ पुछ्न खोज्ने
कहिले गालैमा सुकाइदिने
कहिले तकियामै भिजाइदिने
एकछिन पनि आफूसँग रहनै नदिने
त्यसैले यस्तो लाग्छ
रूनेको त दुःख
आँसुले बुझिदिने
तर
आँसुको दुःख
कसले बुझिदिने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण