श्रीलंकामा पछि हट्दै प्रदर्शनकारी
अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताएको छ।
नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।
इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भएर राजीनामा दिएका थिए ।
राजापाक्षे सिंगापुर भागेर राजीनामाको घोषणा गरेको केही दिनपछि सेनाले दरबारका साथै प्रधानमन्त्रीको घर र कार्यालयमा कब्जा जमाउने प्रदर्शनकारीलाई हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण