आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८’ ल्याएको थियो । ऐन बनेसँगै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा उपलब्ध गराउन सहज हुने भएको छ । योसहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भएर कानुन बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण