दक्षिण कोरियाली सरकारले सामसुङका उत्तराधिकारीलाई किन माफी दियो ?
दक्षिण कोरियाली सरकारले सन् २०१७ मा घस लिएको र घोटालाको आरोपमा दोषी ठहर भएका सामसुङका उत्तराधिकारी ली जे-योङलाई माफी दिएको छ । ली जे योङलाई राष्ट्रपतिको विशेष माफी अन्तर्गत यो माफी दिइएको हो ।
दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली ह्वाइट कलर अपराधीमध्ये एक जे-योङलाई पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई घुस दिएको आरोपमा दुई पटक जेल सजाय दिइएको थियो ।
सामसुङका प्रमुखले दुई कम्पनीको मर्जरका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए र उनलाई ८ मिलियन डलरको घुसको प्रस्ताव पनि राखेका थिए । यो खबर बाहिरिएपछि दक्षिण कोरियाको राजधानी सियोलमा पूर्वराष्ट्रपतिविरुद्ध चर्को विरोध प्रदर्शन भएको थियो ।
परिणाम राष्ट्रपतिले आफ्नो कुर्सी त्याग्नुपर्‍यो र योङ पनि जेल जानुपर्‍यो । अहिले दक्षिण कोरिया सरकारले उनलाई माफी दिएको छ ।
सरकारले ली जे–योङले पाएको माफीलाई सही बताउँदै महामारीपछि देशको आर्थिक सुधारका लागि हाल उनको आवश्यकता भएको बताएको छ । ‘देशको सबैभन्दा ठूलो कम्पनीका वास्तविक नेता फिर्ता आउनै पर्छ,’ सरकारले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण