शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा

मङ्गलबार, ३१ साउन २०७९, ०६ : ५४
मङ्गलबार, ३१ साउन २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक  बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । 

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । 

साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि आजको बैठकमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप