प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै
मङ्गलबार, ३१ साउन २०७९, ०९ : १४
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ ।
संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।
नेपाली काँग्रेस पनि आजै दल दर्ताको लागि आयोग जाने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण