नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
बुधबार, ०१ भदौ २०७९, ०६ : ५९
नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवमा डम्बर पाण्डे र गगन बिक चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी सुरेन्द्र यादवलाई दिइएको छ ।
२ जना पदाधिकारी पछि पूर्ति गर्नेगरी ७१ सदस्यीय प्रदेश समिति गठन भएको हो । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी सदस्य जनकराज शाहले सफल कार्यकालको कामनासहित सम्मान गरेका थिए ।
जसपाबाट छुट्टिएर नेसपा गठन भएसँगै उक्त पार्टीले संगठन विस्तारको कामलाई तीव्रता दिइरहेको छ । पार्टीले आगामी निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण