नागरिकता विधेयकमा एनआरएनएको अधिकार प्रति कुनै समस्या छैन : शाह

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।
आइतबार टेक्ससको युलेश स्थित रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनए नेपालीको अधिकार प्रति कुनै पनि समस्या नरहेको जानकारी दिंदै नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न अनुरोध गरेका हुन् ।
नागरिकता विधेयक फिर्ता, एनआरएनएको धारणा विषयक साक्षात्कार कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी शाहले विद्यादेवि भण्डारीद्वारा प्रतिनिधी सभामा फिर्ता भएको नागरिकता विधेयक गैर आवासीय नेपालीको नागरिकता सम्बन्धमा नभई अंगीकृत लगायतका अन्य नागरिकताका विषयमा रहेकाले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
शाहले जन प्रतिनिधिहरुको घनिभूत छलफल पछि प्रतिनिधि सभाबाट पास भएको विधेयक भएकाले यसमा चिन्ता गर्नु पर्ने कुनै कारण नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश