नागरिकता विधेयकमा एनआरएनएको अधिकार प्रति कुनै समस्या छैन : शाह
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।
आइतबार टेक्ससको युलेश स्थित रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनए नेपालीको अधिकार प्रति कुनै पनि समस्या नरहेको जानकारी दिंदै नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न अनुरोध गरेका हुन् ।
नागरिकता विधेयक फिर्ता, एनआरएनएको धारणा विषयक साक्षात्कार कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी शाहले विद्यादेवि भण्डारीद्वारा प्रतिनिधी सभामा फिर्ता भएको नागरिकता विधेयक गैर आवासीय नेपालीको नागरिकता सम्बन्धमा नभई अंगीकृत लगायतका अन्य नागरिकताका विषयमा रहेकाले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
शाहले जन प्रतिनिधिहरुको घनिभूत छलफल पछि प्रतिनिधि सभाबाट पास भएको विधेयक भएकाले यसमा चिन्ता गर्नु पर्ने कुनै कारण नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण