फोहोर व्यवस्थापनको दिगो समाधानबारे कोरियन सांसदको चासो
गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेशन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी दिए ।
टोलीले पोखरामा देखिएको फोहोर व्यवस्थापनको दिगो समाधान तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन तथा ग्रिन ट्रान्सपोर्टेसनका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरेको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन रिङ्ग रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्रयाक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले चासो दिएको छ ।
पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण