तानसेन नगरपालिकाका पूर्व प्रमुख–उपप्रमुख एमाले छाडेर एकीकृत समाजवादीमा
पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
शनिबार बेलुका एक विज्ञप्ति प्रकाशित गरी उनीहरुले एमाले नेतृत्वले देशमा उचित राजनीतिक निकास निकाल्न नसकेको, नातावाद र कृपावादमा भुलेको, प्रतिनिधिसभा विघटन गरेर देशलाई थप अन्योलतामा लैजाने प्रयत्न गरेको लगायतका आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
शाही तानसेनका निकै पुराना र लोकप्रिय नेता हुन् । एमाले नेतृत्वले ०६२/६३ को जनआन्दोलन र प्राप्त राजनीतिक उपलब्धिलाई भुलेर पार्टीको नीति सिद्धान्त विपरित गतिविधि गरेको, जनमतको अपमान गरेको, असंवैधानिक कदम चालेको, गुटगत स्वार्थले पार्टी चलाउन खोजेकाले आफूहरु एकीकृत समाजवादीमा समाहित भएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण