कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
आइतबार, ०५ भदौ २०७९, २० : ३९
कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो ।
सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।
सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण