प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते
सोमबार, ०६ भदौ २०७९, १७ : ००
प्युठानको सरुमारानी गाउँपालिका–४ मा सोमबार गाडी (वीङ्गर) दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर सोमबार बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो ।
घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको अवस्था गम्भीर रहेको छ । घाइते ६ जनालाई उपचारको लागि बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण