महानगरको निशानामा ‘अन्डरग्राउन्ड’
एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ ।
महानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ । महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो ।
‘अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही थालिएको’ प्रमुख साहले बताए ।
‘हामीले सोमबार बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘विस्तारै सबैतिर महानगर पुग्नेछ, यसैले हामी अनुरोध गर्छौं कि पार्किङका लागि बनाइएका संरचना पार्किङमै प्रयोग गरिदिनुहोला ।’ यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्री भिसा फ्री टिकट नीति ठीक छैन भन्दैमा नमान्ने छुट कसैलाई छैन
-
ट्रम्प प्रशासनलाई कम्पनीको ५ प्रतिशत हिस्सा दिँदैछ ओपनएआई
-
अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकपकाे अन्तिम १६ मा
-
आधिकारिक थोक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न आग्रह
-
प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, बिहानैदेखि गेटमा धर्ना
-
सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा टेबुल हुँदै, सत्तापक्षभित्रकै असन्तुष्टिले पारित हुनेमा भने अन्योल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण