इस्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला
मङ्गलबार, ०७ भदौ २०७९, १० : ५९

इस्टर्न हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आईपीओ खुला रहनेछ ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने