राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण सङ्कलन हुँदै
बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा दुई स्टेशन राखेर विवरण सङ्कलन हुने जानकारी दिए ।
उनले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताए। विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ । सोह्र वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ १९ मा गोपीकृष्ण राष्ट्रिय पुरस्कार बाँडिने
-
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल
-
नयाँ सहर बसाल्न साउदीले लियो खतरनाक निर्णय
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ