लुटपाटमा संलग्न दुई जना पक्राउ, पेस्तोल बरामद
एक हप्ता अघि रुपन्देहीको बेलिहिया बाइपासमा लुटपाट तथा एक जनालाई गोली हानेर फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते रोहिणी गाउँपालिका–१ मा बेलिहिया बाइपास सडकमा रहेको न्यु सिद्धार्थ रेस्टुरेन्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा मायादेवी गाउँपालिका– ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका–४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्र्दै उनीहरूलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न भई गोली हान्ने सुटर कृष्ण भुज भने फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका भरबाट अमेरिकामा निर्मित अटोमेटिक पेस्तोल र चोरी भएको मोबाइल फोनसमेत बरामद भएको जनाएको छ । पक्राउ परेकामध्ये पवनराज भरले यस अघि पनि सार्वजनिक अपराध, लागु औषध, डाँका चोरी सम्बन्धी मुद्दामा जेल सजाय पाइसकेका छन् । जेलबाट निस्केको ६ महिनापछि नै उनी फेरि आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण