भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो
आइतबार, १२ भदौ २०७९, ०७ : ५३
भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण