पाल्पामा थपिए ६ हजार ६ सय नयाँ मतदाता
बैशाख ३० गतेको स्थानीय तह निर्वाचन पछि पाल्पामा ६ हजार ६ सय नयाँ मतदाता थपिएका छन । असार १ गतेदेखि साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा ६ हजार ६७० मतदाता थपिएका हुन ।
थपिएका मतदताहरुमा ३ हजार १ सय ४० महिला र ३ हजार ५ सय ३० पुरुष छन । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पाल्पामा फोटो सहित मतदाता नामावली संकलन गरिएको थियो ।
२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको अहिले थपिएर २ लाख ६ हजार ३ सय ६० पुगेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले बताए ।
मंसिर ४ गते हुने संघ प्रदेशको निर्वाचनको लागी आवश्यक तयारीका कार्यालय काम शुरु गरेको निर्वाचन अधिकारी अर्यालले बताए । पाल्पामा प्रतिनिधी सभा तर्फ २ र प्रदेशसभा तर्फ ४ वटा सिट संख्या रहेको छ ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको दुई वटै क्षेत्रमा नेकपा एमाले र प्रदेश तर्फ ३ वटा क्षेत्रमा एमाले र १ वटा क्षेत्रमा नेकपा माओवादी केन्द्र विजयी भएका थिए । २०७४ सालमा एमाले र माओवादीको गठबन्धन र कांग्रेस एक्लै थियो भने अहिले कांग्रेस र माओवादी गठबन्धनमा छन भने एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण