क्यालिफोर्नियामा सन् २०३५ देखि डिजेल–पेट्रोलबाट चल्ने सवारी ‘प्रतिबन्ध’
अमेरिकाको क्यालिफोर्निया राज्यले सन् २०३५ देखि डिजेल–पेट्रोलको सवारी बिक्रीमा रोक लगाउने घोषणा गरेको छ । क्यालिफोर्नियाले अमेरिकाको संघीय सरकारलेभन्दा अगाडी नै डिजेल–पेट्रोलबाट चल्ने सवारी बिक्रीमा रोक लगाउने भएको हो ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् २०३५ देखि क्यालिफोर्नियामा विद्युत्बाट चल्ने सवारी मात्रै बिक्री गर्न पाइनेछ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको राज्य हो । सन् २०२६ देखि क्यालिफोर्नियामा बिक्ने ३५ प्रतिशत सवारी साधन विद्युत्बाट चल्ने हुनेछ । यस्तै, सन् २०३० मा बिक्ने ६८ प्रतिशत सवारी विद्युत्बाट चल्ने हुनेछन् भने २०३५ देखि शतप्रतिशत सवारी विद्युत्बाट चल्ने मात्रै हुने भएको छ ।
क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठुलो अर्थतन्त्र भएको राज्यसँगै सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य समेत हो । क्यालिफोर्निया विश्वको छुट्टै देश हुन्थ्यो भने यो विश्वको ५औँ ठुलो अर्थतन्त्र भएको देशको सूचीमा पर्न आउने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण