क्रिस रकद्वारा ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार
ओस्कार समारोहमा अभिनेता विल स्मिथको थप्पड काण्ड सायद कसैले बिर्सिएका छैनन् होला । ओस्कार २०२२ मा अभिनेता स्मिथले अवार्ड होस्ट गर्ने क्रिस रकलाई थप्पड हानेका थिए । उनको व्यवहारले सबैलाई आश्चर्यचकित बनाएको थियो । यो घटनापछि उनले माफी मागिसकेका छन् ।
यता क्रिस रकले भने अर्को वर्ष हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका छन् । यसको पछाडिको कारण विल स्मिथको थप्पड रहेको बताइएको छ । सुपर बलको विज्ञापनमा पनि उनी संलग्न नहुने बताइएको छ ।
क्रिसले आइतबार फिनिक्स, एरिजोनाको एरिजोना फाइनान्सियल थिएटरमा कमेडी शोको क्रममा यो खुलासा गरेका हुन् । ओस्कर २०२३ को आयोजना गर्ने प्रस्तावको बारेमा चर्चा गर्दै क्रिस रकले भने, "यो त कसैलाई आफ्नो मृत्यु भएको ठाउँमा जान आग्रह गर्नु जस्तो कुरा भयो ।"
अवार्डको क्रममा क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक उडाएका थिए । तर विल स्मिथलाई यो मजाक पटक्कै मन परेन र उनी स्टेजमा गएर क्रिस रकलाई आक्रमण गरेका थिए। घटनापछि एकेडेमीले स्मिथमाथि १० वर्ष प्रतिबन्ध लगाएको थियो ।
पत्रिका डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण