नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै
बुधबार, १५ भदौ २०७९, ०७ : १५

नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट दोस्रो पटक प्रक्षेपण गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागिएको हो ।
स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो। शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश