नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै
बुधबार, १५ भदौ २०७९, ०७ : १५
नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट दोस्रो पटक प्रक्षेपण गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागिएको हो ।
स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो। शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण