राजु श्रीवास्तवलाई ज्वरो, भेन्टिलेटर हटाउने निर्णयबाट पछि हटे डाक्टर
हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको छ । अहिले राजुलाई १०० डिग्री ज्वरो आएको उनका भाइले बताए । यस्तो अवस्थामा चिकित्सकहरूले भेन्टिलेटर नहटाउने निर्णय गरेका छन् । तर उनको मुटुको धड्कन, रक्तचाप र अक्सिजनको स्तर सामान्य रहेको छ । एक दिन अघि, डाक्टरहरूले भेन्टिलेटर हटाउने विचार गरिरहेका थिए। तर, उनलाई फेरि ज्वरो आएपछि डाक्टरले निर्णय बदलेका हुन् ।
हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको आईसीयूमा उपचार भइरहेको छ । यसअघि अगस्त १४ गते राजुलाई ज्वरो आएको थियो । त्यसमा ३ दिनपछि सुधार आएको थियो ।
त्यसपछि राजुको मस्तिष्कमा सङ्क्रमण देखिएको थियो । आईसीयूमा सङ्क्रमण नफैलियोस् भनेर थप सतर्कता अपनाउन थालिएको छ । दिल्ली एम्समा, एसओडी डा.पद्म श्रीवास्तव र डा.अचल श्रीवास्तवको निरीक्षणमा राजुको उपचार भइरहेको छ। उनको पूरै शरीर ठीकसँग काम गरिरहेको छ। तर, उनलाई अझै होसमा आएका छैनन् ।
यद्यपि, हात र खुट्टाको चालमा हल्का वृद्धि छ। अहिले चिकित्सकहरूले उनलाई होसमा ल्याउने काममा ध्यान केन्द्रित गरेको उनका नजिकका आफन्तले बताएका छन् । चिकित्सकका अनुसार उनलाई होस आउन १० दिन वा सोभन्दा बढी समय लाग्न सक्छ । दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण