कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतक बने शर्मा
बिहीबार, १६ भदौ २०७९, १५ : ४९
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् । यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।
शाह भन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए । उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमप्रसाद आचार्यको घटनामा बालेनले भनेका थिए— राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
-
अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण